पृथ्वी राजमार्गको चाउथेमा सडक भासियो, एकतर्फी सवारी सञ्चालन

<p>काठमाडौं । अविरल वर्षाले पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । बुधबार बिहान करिब ६ः३० बजेको समयमा उक्त राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारीसाधन प्रभावित भएका छन् । सडक अहिले एकतर्फी खुलाइएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान [&hellip;]</p>

काठमाडौं । अविरल वर्षाले पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ ।

बुधबार बिहान करिब ६ः३० बजेको समयमा उक्त राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारीसाधन प्रभावित भएका छन् । सडक अहिले एकतर्फी खुलाइएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा कास्कीको लामापाटनमा ११५.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

Share News