यातायात व्यवस्था कार्यालय झापाले ११ महिनामा उठायो ८५ करोड बढी राजस्व

<p>झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा ८५ करोड ७५ लाख ५४ हजार ५ सय ८९ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै ६ करोड २४ लाख ४० हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ [&hellip;]</p>

झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा ८५ करोड ७५ लाख ५४ हजार ५ सय ८९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले जेठ महिनामा मात्रै ६ करोड २४ लाख ४० हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ ६९ करोड ७७ लाख ८९ हजार ७ सय ७९, प्रशासनिक सेवा शुल्कवापत १ करोड ७९ लाख ९३ हजार १ सय ८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १६ लाख ८८ हजार १ सय ६७ रुपैयाँ राजस्व असुली गरेको छ ।

चालु आवको ११ महिनाको अवधिमा ९ हजार ५ सय ४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार १ सय १९ सवारी नवीकरण भएका लुइँटेलले बताए ।

सोही अवधिमा १२ हजार तीन सय २२ नयाँ चालक अनुमतिपत्र, १६ हजार ५ सय ४८ को नामसारी हुँदा १० हजार २ सय ६३ सवारी जाँचपास भएका उनले जानकारी दिए ।

चालु आर्थिक वर्षको ११ महिनामा ६ हजार ७ सय १४ मोटरसाइकल दर्ता हुँदा १ हजार ६ सय ३८ ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ ।

यहाँ साताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र साताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ ।

Share News