समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलको सेवामा छुट

<p>काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलको सेवामा छुट हुने भएको छ । फाइनान्सले मंगलबार क्यापिटल हस्पिटल बागबजार, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले यही असार १२ गतेदेखि २०८३ असार ११ गते सम्म समृद्धि मोबाइल बैकिङ र डेबिट कार्ड प्रयोग गरि क्यापिटल हस्पिटल बागबजार, काठमाडौं स्वस्थ्य उपचार [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलको सेवामा छुट हुने भएको छ । फाइनान्सले मंगलबार क्यापिटल हस्पिटल बागबजार, काठमाडौंसँग समझदारी गरेको छ ।

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले यही असार १२ गतेदेखि २०८३ असार ११ गते सम्म समृद्धि मोबाइल बैकिङ र डेबिट कार्ड प्रयोग गरि क्यापिटल हस्पिटल बागबजार, काठमाडौं स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा छुट पाउनेछन् ।

यो सुविधाबाट फाइनान्सका सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सका सम्पूर्ण सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटलबाट अर्थोपेडिक (अपरेशन र प्रक्रिया शुल्क)मा १० प्रतिशत, स्त्री रोग (अपरेशन/प्रक्रिया शुल्क) मा १० प्रतिशत सामान्य शल्यक्रिया (अपरेशन र प्रक्रिया शुल्क) मा १० प्रतिशत, अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत, बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्ने फाइनान्सले जनाएको छ ।

Share News