काठमाडौं । कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले खारेज गरेको छ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए ।
रिट खारेज भएपछि हिक्मत कार्की नेतृत्वको एमाले-माओवादी गठबन्धन सरकारले नै वैधानिकता पाएको छ ।
सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले केदार कार्कीको माग अस्वीकार गर्दै रिट खारेज हुने फैसला सुनाएको हो । फैसलाको लिखित पाठ भने आउन बाँकी छ ।