कर छल्न कम्पनीको कारोबार व्यक्तिगत खाताबाट हुन थालेपछि सरकारले फेर्‍यो नीति, अब यस्तो नियम

<p>काठमाडौं । कर छल्नका लागि व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने अभ्यास बढेपछि सरकारले नीतिगत हेरफेर गरेको छ । सरकारले अब कर छलि रोक्नका लागि व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियम बनाएको हो । अर्थमन्त्री वर्षमान पुनले आयकर ऐन २०५८ मा दफा ८१ पछि ८१ ‘क’ थप्दै कुनै पनि व्यक्तिले [&hellip;]</p>

काठमाडौं । कर छल्नका लागि व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने अभ्यास बढेपछि सरकारले नीतिगत हेरफेर गरेको छ । सरकारले अब कर छलि रोक्नका लागि व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियम बनाएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आयकर ऐन २०५८ मा दफा ८१ पछि ८१ ‘क’ थप्दै कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेकमा थिए ।

सोही व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आन्तरिक राजस्व विभागले पनि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्यतुीय माध्यमबाट प्राप्त हनुे कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘यो नीतिको उल्लंघन गरेमा प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैया वा कुल रकमको दुई प्रतिशत मध्ये जुन बढी हुन्छ सोही रकम शुल्क लाग्नेछ ।’

विभिन्न व्यक्तिले कम्पनी तथा अन्य व्यवसायिक कारोबार व्यक्तिगत खातामार्फत् गर्ने अभ्यास बढेपछि सरकारले यस्तो नियम बनाएको बुझिको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले व्यावसायिक कारोबार व्यक्तिको खातामार्फत् हने अभ्यास बढेको देखाएको थियो । गत माघमा राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको गरेको थियो ।

सन् २०२० देखि सन् २०२२ सम्म राष्ट्र बैंकले गरेको अध्ययनले राष्ट्र बैंकसमक्ष प्राप्त भएका कारोबारमध्ये ३७ प्रतिशत व्यवसायले कर छल्ने नियतका साथ व्यक्तिगत बैंक खाता प्रयोग गर्ने पाइएको थियो भने ६५ वटा मुद्दामा बैंक खातामा शंकास्पद लेनदेन भएको देखिएको थियो ।

व्यापार व्यवसायका लागि व्यक्तिगत खाता प्रयोग गर्ने अभ्यास बढेकोले त्यसलाई रोक्नु पर्ने राय फाइनान्सियल इन्टेलिजेन्स युनिटको थियो । यस्तो प्रवृति घरजग्गा कारोबारमा बढी देखिने गरेको छ । व्यवसायीले कर छल्नका लागि आफन्त र साथीभाईको नाममा पनि कारोबार गर्ने गरेको अध्ययनबाट खुलेको थियो ।

Share News