संसदका कर्मचारीको भत्ता बढाइने, ७ बुँदे सहमति

<p>काठमाडौं । सरकारले आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीको भत्ता बढाउने भएको छ । सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच ७ बुँदे सहमति भएको हो । सहमतिअनुसार कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ । २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका [&hellip;]</p>

काठमाडौं । सरकारले आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीको भत्ता बढाउने भएको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच ७ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

Share News