संसदमा प्रदीप पौडेलको प्रश्न- देश सरकारले चलाएको छ कि अन्त कतैबाट ?

<p>काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले संसदलाई हेपेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पौडेलले संसदमा सरकारमा रहेकाहरूबाट अराजक र लज्जास्पद अभिव्यक्ति आएको बताउँदै सरकारले संसदलाई हेपेको बताएका हुन् । ‘गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदभित्र रहेको अभिव्यक्ति दिनुभयो, हिजो रक्षामन्त्रीले दिनुभएको अभिव्यक्ति पदीय मर्यादाविपरीत छ, प्रधानमन्त्री मेरो [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले संसदलाई हेपेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पौडेलले संसदमा सरकारमा रहेकाहरूबाट अराजक र लज्जास्पद अभिव्यक्ति आएको बताउँदै सरकारले संसदलाई हेपेको बताएका हुन् ।

‘गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदभित्र रहेको अभिव्यक्ति दिनुभयो, हिजो रक्षामन्त्रीले दिनुभएको अभिव्यक्ति पदीय मर्यादाविपरीत छ, प्रधानमन्त्री मेरो निर्देशन मन्त्रीहरूले माननेन् भन्नुहुन्छ, प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाको कुरा के हुन्छ,’ उनले भने ।

सांसद पौडेलले सबैभन्दा बढी बजेट हुने भौतिक पूर्वाधार मन्त्रालयदेखि सबैभन्दा कम बजेट हुने ज्येष्ठ नागरिक मन्त्रालयसम्मका बजेट मन्त्रीकै क्षेत्रमा बढी लगिएको बताए ।

‘सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो ? यो देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? पौडेलले प्रश्न गरे ।

Share News