काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकलाई टुलुटुल हेरेर नबस्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिक ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताएका हुन् ।
उनले ठगिएका नागरिकको सम्बन्धमा आफूले काम गरिरहेको बताए । फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको उनको भनाइ छ । उनले फ्रि भिसा फ्रि टिकट जम्मा ४ प्रतिशतमात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएका बताए ।
उनले हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिक ठगिइरहेका बताए ।
उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताए ।