काठमाडौं । असार २७ गतेबाट जाल्पा सामुदायिक र किसान लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।
दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार हुनेछ । गत चैत १८ गते यी दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए ।
बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।
मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलाली लम्कीचुहा–४ मा रहने छ ।