निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

<p>काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय संसदीय सुनुवाइ समितिले गरेको छ । शुक्रबार बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो । प्रधान यसअघि नेपाल कानुन समाजका कार्यकारी [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय संसदीय सुनुवाइ समितिले गरेको छ ।

शुक्रबार बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

प्रधान यसअघि नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।

Share News