व्यापारमा आयातको हिस्सा बढ्दा निर्यातको घट्यो, सवा १३ खर्ब व्यापार घाटा

<p>काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा साढे १४ खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा साढे १४ खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।

यस्तै, यो अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्र निर्यात गरेको भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३.०१ प्रतिशतले कम हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाखरुपैयाँको वस्तु निर्यात भएको थियो ।

विभागका अनुसार नेपालको कुल व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ थियो ।

यस्तै, चालु आवको जेठसम्म वैदेशिक व्यापार समेत १.९५ प्रतिशतले घटेको छ । ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवमा यस्तो व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ थियो ।
कुल आयातमा आयातको ९१.२६ प्रतिशत योगदान रहेको छ भने निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।

Share News