काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शाखा कार्यालय औरहीले पहिलो वार्षिकोत्सव मनाएको छ ।
औरही नगरपालिकाका स्थानीय व्यापारीहरू, बचतकर्ता, बुद्विजीवी, समाजसेवीलगायतले फाइनान्सको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानीमा अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्य गर्ने बताएको छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गर्दै आइरहेको छ ।