रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना

<p>रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवा भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख [&hellip;]</p>

रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवा भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ ।

राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए । जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ ।

Share News