काठमाडौं । उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा अर्को जाहेरी प्रहरीमा दर्ता भएको छ ।
गृहमन्त्री लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता भएको हो ।
गत मंगलबार सिन्धुलीका युवराज पौडेल (सफल) ले गृहमनत्री रवि लामिछाने र गितेन्द्रबाबु (जिबी) राईविरुद्ध हुलाकमार्फत दिएको किटानी जाहेरी बुधबार दर्ता भएको हो ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीका पीडितले लामिछानेविरुद्ध गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा पूरक जाहेरी दिएका थिए ।