एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकलाई टिकटमा १० प्रतिशत छुट

<p>काठमाडौं । एनएमबि बैंकले एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई छुट उपलब्ध गराउने भएको छ । बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई छुट उपलब्ध गराउने भएको छ ।

बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल कोड प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् ।

यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने बैंकले जनाएको छ ।

Share News