अर्बसम्म तलब खाने राजा, कुन देशका राष्ट्र प्रमुखको तलब कति ?

<p>काठमाडौं । खाडी देशहरूले आफ्नो तेल भण्डारको आधारमा उल्लेखनीय प्रगति गरेका छन् । यी देशहरूको प्रतिव्यक्ति आयको हिसाबले पनि उल्लेखनीय प्रगति छ । विश्वमा सबैभन्दा बढी वार्षिक तलब पाउने राष्ट्र प्रमुखको सूचीमा यी देशका राष्ट्र प्रमुखहरू शीर्ष तीनमा छन् । चाखलाग्दो कुरा के छ भने विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका राष्ट्रपतिको तलब यी [&hellip;]</p>

काठमाडौं । खाडी देशहरूले आफ्नो तेल भण्डारको आधारमा उल्लेखनीय प्रगति गरेका छन् । यी देशहरूको प्रतिव्यक्ति आयको हिसाबले पनि उल्लेखनीय प्रगति छ । विश्वमा सबैभन्दा बढी वार्षिक तलब पाउने राष्ट्र प्रमुखको सूचीमा यी देशका राष्ट्र प्रमुखहरू शीर्ष तीनमा छन् ।

चाखलाग्दो कुरा के छ भने विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका राष्ट्रपतिको तलब यी देशभन्दा निकै कम छ । योसँगै चीनका राष्ट्रपतिको तलब भारतका प्रधानमन्त्रीको भन्दा निकै कम छ । आर्थिक संकटसँग जुधिरहेका पाकिस्तानका प्रधानमन्त्री र अर्जेन्टिना र भेनेजुएलाका राष्ट्रपतिको तलब पनि चीनका राष्ट्रपतिभन्दा बढी छ ।

विश्व जनसंख्या समीक्षाका अनुसार साउदी अरेबियाका राजाले विश्वमा सबैभन्दा बढी तलब पाउँछन् । उनको तलब ९.६ बिलियन डलर छ ।

दोस्रो नम्बरमा युएईका राष्ट्र प्रमुख छन् । उनको वार्षिक तलब ४ अर्ब ६१ करोड डलर छ । कुवेत यस सूचीमा तेस्रो नम्बरमा छ, जहाँ यसको राष्ट्र प्रमुखले वार्षिक १६५ मिलियन डलर पाउँछन् ।

मोनाकोका राज्य प्रमुखको वार्षिक तलब ५.२ करोड डलर छ । यसपछि नर्वे ३.३ करोड डलर, स्वीडेन १.६ करोड डलर, डेनमार्क १.१ करोड डलर, नेदरल्याण्ड ६० लाख डलर र जापानका राज्य प्रमुखले ३० लाख डलर पाउँछन् । युरोपेली देश स्विट्जरल्याण्डमा राष्ट्र प्रमुखले ५ लाख ७ हजार र आयरल्याण्डका राष्ट्र प्रमुखले ४ लाख १ हजार डलर पाउँछन् । अमेरिकाका राष्ट्रपतिलाई विश्वको सबैभन्दा शक्तिशाली मानिन्छ तर उनको वार्षिक तलब ४ लाख डलर छ ।

यसपछि अष्ट्रेलिया ३ लाख ७८ हजार डलर, स्पेन ३०४ हजार डलर, क्यानडा २ लाख ९० हजार डलर, इटाली २ लाख ७५ हजार डलर, जर्मनी २ लाख ६८ हजार डलर, दक्षिण कोरिया २ लाख ११ हजार डलर, टर्की १ लाख ९७ हजार डलर रहेका छन् । यस्तै फ्रान्स १ लाख ९४ हजार डलर, चेक १ लाख ४९ हजार डलर, फिनल्याण्ड १ लाख ४१ हजार डलर र ब्राजिलका राष्ट्र प्रमुखले १ लाख २ हजार डलर पाउँछन् ।

विश्व जनसंख्या समीक्षाका अनुसार भारतका प्रधानमन्त्रीले वार्षिक ८४ हजार डलर अर्थात करिब ७० लाख ७ हजार ९ सय ३१ रुपैयाँ पाउँछन् । पाकिस्तानका प्रधानमन्त्रीको वार्षिक तलब ६५ हजार डलर छ भने चीनका राष्ट्रपतिको वार्षिक तलब २२ हजार डलर छ । त्यस्तै, बंगलादेशका प्रधानमन्त्रीको वार्षिक तलब १७ हजार डलर र श्रीलंकाका राष्ट्रपतिको तलब ७ हजार डलर रहेको छ । एजेन्सी

Share News