तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बिहीबार बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । अहिले राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन जारी गर्न लागेको हो । यसका लागि दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था (क, ख र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बिहीबार बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

अहिले राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन जारी गर्न लागेको हो । यसका लागि दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) ले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन पाउनेछन् ।

निक्षेप संकलन परिपक्वता वा साँवा ब्याज भुक्तानी आउँदो असार २० गते हुनेछ । ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुने बताइएको छ ।

Share News