काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको ब्यवस्था बमोजिम संस्थाको सञ्चालक समितिको असार ५ गते बसेको बैठकबाट डिबेन्चर संख्या २ लाख ६० हजारको १००० रुपैयाँ प्रति दरले २६ करोड बराबरको डिबेन्चर निष्काशन गर्ने निर्णय गरेको छ ।
८ वर्षे अवधि रहने सो डिबेन्चर २ लाख ६० हजार संख्याको प्रति इकाई १००० रुपैयाँको रहने र व्याजदर ९ प्रतिशत र ६/६ महिनामा भुक्तानी हुने गरी जारी गरिने कम्पनीकी सुचना अधिकारी अर्चना प्रधानले जानकारी दिइन् ।
यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने छ ।