जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि र ठेकेदारहरू मिलेर लुटे : सांसद झा

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि र ठेकेदारहरू मिलेर लुट गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् । किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान दिएर [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि र ठेकेदारहरू मिलेर लुट गरिरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् । किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान दिएर जनकपुरमा २ कुटी र ७२ कुण्ड शहरको रुपमा निर्माण भएको बताए । तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको जानकारी दिए ।

‘किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गर्नुभयो, मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो, त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भयो, तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो’, उनले भने ।

जनकपुर गुठीको जग्गामा सबै स्थानीय प्रशासन जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर त्यहाँका जग्गाको लुट गरिरहेको भन्दै यसमा सरकारको ध्यान जना आवश्यक रहेको जानकारी दिए ।

Share News