समृद्धि फाइनान्स गैर शाखाले मनायो पहिलो वार्षिकोत्सव

<p>काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड शाखा कार्यालय गैर सर्लाहीले मंगलबार पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरेको छ । शाखाले स्थापनाकालदेखि हालसम्म १ हजार ६०० ग्राहकलाई आवद्ध गर्दै ७ करोड ६६ लाख बचत संकलन र १ करोड ५० लाख लगानी गर्न सफल भएको शाखा प्रमुख [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड शाखा कार्यालय गैर सर्लाहीले मंगलबार पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरेको छ । शाखाले स्थापनाकालदेखि हालसम्म १ हजार ६०० ग्राहकलाई आवद्ध गर्दै ७ करोड ६६ लाख बचत संकलन र १ करोड ५० लाख लगानी गर्न सफल भएको शाखा प्रमुख रामहरी निरौलाले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले कविलासी नगरपालिकाका स्थानीय व्यापारी, वचतकर्ता,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । फाइनान्सले मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

Share News