भ्रष्टाचार विरोधी अभियन्ताका नाममा ठगी गर्ने ४ जना पक्राउ

<p>काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर-८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर-१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर-२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका सपी नवराज अधिकारीका अनुसार [&hellip;]</p>

काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर-८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर-१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर-२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सपी नवराज अधिकारीका अनुसार उनीहरूले बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८० नामको संस्थाका नाममा ठगी गर्ने गरेका थिए ।

वडाहरूमा समेत संस्थाको शाखा विस्तार गरेको भन्दै उनीहरूले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनीहरूमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको पाइएको एसपी अधिकारीले बताए ।

Share News