रसुवागढी हाइड्रोले परिवर्तन गर्‍यो साधारण सभा हुने मिति र स्थान

<p>काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभाको मिति र स्थान परिवर्तन गरेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले १०औं र ११औं वार्षिक साधारण सभाको असार ११ गतेका लागि तय गरेको थियो । कम्पनीले उक्त मितिमा विविध कारणले सभा आयोजना गर्न नसकिएको जानकारी दिएको छ । योसँगै अब कम्पनीको सभा असार [&hellip;]</p>

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभाको मिति र स्थान परिवर्तन गरेको छ ।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले १०औं र ११औं वार्षिक साधारण सभाको असार ११ गतेका लागि तय गरेको थियो । कम्पनीले उक्त मितिमा विविध कारणले सभा आयोजना गर्न नसकिएको जानकारी दिएको छ ।

योसँगै अब कम्पनीको सभा असार ३० गते काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि हुने भएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले २ जना स्वतन्त्र सञ्चालकको नियुक्ति र सञ्चालक समितिका सदस्यहरूको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

Share News