संसदका कर्मचारीले उठाएका माग सम्बोधन गर्ने सहमति

<p>काठमाडौं । नेकपा एमालेका प्रमुख सेचतक महेश बर्तौलाले संसदमा कार्यरत कर्मचारीहरूको साझा युनियनले प्रस्तुत गरेका मागहरूलाई सम्बोधन गर्न सबैको सहमति भएको जानकारी दिएका छन् । सोमबार सभामुखसहित दलका प्रमुख सचेतकहरूसँग भएको छलफलपश्चात उनले कर्मचारीहरूले उठाएका माग न्यायोचित रहेको भन्दै पूराना नियम समय सान्दर्भिक रूपमा संशोधन गर्नका लागि सरकार सकारात्मक रहेको उनले जानकारी दिएका हुन् । [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका प्रमुख सेचतक महेश बर्तौलाले संसदमा कार्यरत कर्मचारीहरूको साझा युनियनले प्रस्तुत गरेका मागहरूलाई सम्बोधन गर्न सबैको सहमति भएको जानकारी दिएका छन् ।

सोमबार सभामुखसहित दलका प्रमुख सचेतकहरूसँग भएको छलफलपश्चात उनले कर्मचारीहरूले उठाएका माग न्यायोचित रहेको भन्दै पूराना नियम समय सान्दर्भिक रूपमा संशोधन गर्नका लागि सरकार सकारात्मक रहेको उनले जानकारी दिएका हुन् ।

‘कर्मचारीहरुले उठाएका न्यायोचित मागहरू पूरा गर्नुपर्छ, मागहरू पूरा गर्नका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने अवस्था छ, धेरै पुराना नियम आजको समयका लागि सान्दर्भिक छैनन्, ती विषयहरू पनि समयानुकुल गर्नको लागि सरकार सकारात्मक हुनुपर्छ,’ उनले भने, ‘हामी सकारात्मक छौं र अर्थमन्त्रीलगायतसँग भोलि नै छलफल गर्ने साथै कर्मचारीलाई आन्दोलनको तहमा पुग्ने अवस्था नबनाउने कुरामा हाम्रो छलफल भयो ।’

उनले कर्मचारी युनियनले संसदभित्रका सेवासँग र विकाससँग जोडिएका ११ बँदे माग लिएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको भन्दै कार्यक्रम फिर्ता लिनको लागि बैठक बसेको बताए ।

संसदको नियमित गर्नुपर्ने कामको लागि बजेट व्यवस्थापन हुन नसक्दा पनि यस्तो समस्या आएको हो कि भनेर यसतर्फ छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Share News