जेठमा बढ्यो घरजग्गा कारोबार, ४ अर्ब ३३ करोड राजस्व संकलन

<p>काठमाडौं । जेठ महिनामा काठमाडौंमा घरजग्गा कारोबार बढेको छ। भूमि, व्यवस्था तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ । जेठमा भएको घरजग्गा कारोबार वैशाखको तुलनामा २३ प्रतिशतले कारोबार बढेको देखिएको छ । वैशाखमा ४९ हजार ७ सय ८२ वटा लिखत पारित भएका थिए । कारोबार बढेसँगै राजस्वमा पनि वृद्धि [&hellip;]</p>

काठमाडौं । जेठ महिनामा काठमाडौंमा घरजग्गा कारोबार बढेको छ। भूमि, व्यवस्था तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ ।

जेठमा भएको घरजग्गा कारोबार वैशाखको तुलनामा २३ प्रतिशतले कारोबार बढेको देखिएको छ । वैशाखमा ४९ हजार ७ सय ८२ वटा लिखत पारित भएका थिए ।

कारोबार बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । जेठ महिनामा देशभरिका मालपोत कार्यालयबाट ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । वैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यो राजस्व वैशाखको तुलनामा ४७ करोड ५४ लाख रुपैयाँले बढी हो ।

जेठ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले सबैभन्दा धेरै कारोबार गरेको छ । यस कार्यालयले २ हजार ३ सय ७५ वटा लिखत पारित गरेको छ ।

यस्तै भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले २ हजार ३ सय ४८, झापाले १ हजार ९ सय ८१, मोरङले १ हजार ९ सय ५८, राजविराज सप्तरीले १ हजार ७ सय २९ वटा लिखत पारित गरेको विभागको तथ्यांकले देखाएको छ ।

काठमाडौंमा डिल्लीबजार कार्यालयले २ सय ५४, चाबहिल कार्यालयले ५ सय ३२, कलकींले ७ सय ६३, मनमैजुले ३ सय १७, साँखुले ५ सय २९, टोखाले १ सय ५९ वटा लिखत पारित गरेका छन् ।

जेठ महिनामा २ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ रजिस्ट्रेसन दस्तुर संकलन भएको छ ।

Share News