आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा २ अर्ब ६६ करोड बढी राजस्व संकलन

<p>भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा २ अर्ब ६६ करोड ८० लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत आवको ११ महिनामा २ [&hellip;]</p>

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा २ अर्ब ६६ करोड ८० लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत आवको ११ महिनामा २ अर्ब ५० करोड १९ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आन्तरिक राजस्व कार्यालयले ११ महिनामा राखेको लक्ष्यको ८३.३५ प्रतिशत मात्रै राजस्व संकलन गरेको सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । ‘व्यापार व्यवसायमा मन्दी आउँदा राजस्व संकलनका् लक्ष्य नभेटिए पनि हालको संकलन दर कायम राख्नुपर्ने चुनौती छ,’ उनले भने ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब २२ करोड, भाडा आयकरबाट ३ करोड ४ लाख, ब्याजबापत १० करोड २१ लाख, मूल्य अभिवृद्धि करबापत १ अर्ब ११ करोड ९५ लाख, अन्तःशुल्कबापत ५८ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी आचार्यले बताए । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

Share News