स्टार्टअप वर्ल्ड कप फाइनल असार १३ गते, विश्व विजेता बने १३ करोड पुरस्कार

<p>काठमाडौं । स्टार्टअप वर्ल्ड कप नेपालको चौथो एडिसनको फाइनल असार १३ गते हुने भएको छ । स्टार्टअप हब नेपालले जिल्ला समन्वय समिति काठमाडाैंसँगको सहकार्यमा विश्वभरिका १०० देशहरूमा हुने स्टार्टअपहरूको प्रतिस्पर्धा आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरू सबैजसोमा स्टार्टअफ [&hellip;]</p>

काठमाडौं । स्टार्टअप वर्ल्ड कप नेपालको चौथो एडिसनको फाइनल असार १३ गते हुने भएको छ ।

स्टार्टअप हब नेपालले जिल्ला समन्वय समिति काठमाडाैंसँगको सहकार्यमा विश्वभरिका १०० देशहरूमा हुने स्टार्टअपहरूको प्रतिस्पर्धा आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो ।

विकसित देशहरू सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नाे सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत् स्टार्टअप वर्ल्डकप नेपाल भित्र्याएको हो । स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअपमध्येबाट असार १३ गते नेपाल च्याम्पियन छानिने स्टार्ट वर्ल्डकप नेपालका अध्यक्ष डा.शम्भु पोखरेलले बताए ।

उनका अनुसार नेपाल च्याम्पियन १ जना स्टार्टअपलाई अमेरिकाको सान-फ्रान्सिस्कोमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर मिल्नेछ । स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रूपमा जिल्ला समन्वय समिति काठमाडौं रहेको समिति प्रमुख शन्तोष बुढाथोकीले बताए ।  त्यस्तै अन्य सह-आयोजकहरूमा आइसिटी एसाेसियसन नेपाल र रोबोटिक एसाेसियसन नेपाल लगायतका यस क्षेत्रमा कार्यरत संगठनहरू रहेका छन् ।

स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ बराबर लगानी पुरस्कार पाउने उनले बताए ।

‘कुनै पनि विधामा नयाँ आइडिया भएका व्यक्तिहरूका साथै केही नयाँ तरिकाबाट नेपालमा लगानी भित्र्याउन सक्छु भन्ने सोच राख्ने जो कोहीले यसमा सहभागी हुन सक्नेछन्,’ उनले भने, ‘सरकारले स्टार्टअपहरूलाई बेवास्ता गरिरहेको छ अन्य क्षेत्रमा गर्ने लगानी यता गर्ने हो भने स्टार्टअपबाट राम्रो प्रतिफल पाउन सकिन्छ ।’

नेपालमा राम्रो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सके नेपालको अर्थतन्त्रदेखि विश्व मानचित्रमा नेपालको हैसियत समेत उच्च बनाउन सहज हुने पोखरेलको भनाइ छ ।

Share News