काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीले तलब वृद्धिको माग गर्दै धर्ना दिएका छन् ।
आइतबार संघीय संसद् सचिवालय कर्मचारी युनियनको अगुवाइमा उनीहरूले तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै १० बजेदेखि ११ बजेसम्म महासचिवको कार्यकक्षमा धर्ना दिएका हुन् ।
यसअघि देखि नै आन्दोलनमा रहेका कर्मचारीको यो दोस्रो चरणको आन्दोनल हो । असार ७ गतेसम्म माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको चेतावनी छ ।