घट्यो पेट्रोलियम पदार्थको मूल्य

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगम सञ्चालक समितिको शनिबारको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

निगम सञ्चालक समितिको शनिबारको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १ सय ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा १ सय ६५ रुपैयाँ मूल्य कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत १ सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १ सय ५१ र तेस्रो वर्गअन्तर्गत १ सय ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

Share News