पार्टीलाई संगठनको आवश्यकता महसुस भयो : स्वर्णिम वाग्ले

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यकता महसुस भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘ तनहुँमै देख्यौं, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौं, संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो, सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यकता महसुस भएको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘ तनहुँमै देख्यौं, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौं, संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो, सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोलटोलमा, वडा वडामा साथीहरू नै भएनन् ।’

संगठन र कार्यकर्ता नहुँदा समुदायसम्म पुग्न कठिन भएको अनुभव उनको छ । यसको पछिल्लो उदाहरण तनहुँ र इलामको उपनिर्वाचन भएको बताए ।

तर, पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरू सचेत रहेको उनको भनाइ छ ।

Share News