काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ ।
फाइनान्सले असार महिनाका लागि निक्षेपमा ५.२५ देखि ६.२५ , रेमिट्यान्स बचत खातामा ७.२५ प्रतिशत , व्यक्तिगत मुद्दती निक्षेपक तर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
फाइनान्सले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ७.२५ प्रतिशत, ६ महिना देखि ९ महिना अवधिका लागि ७.५० प्रतिशत,९ महिना देखि १ वर्ष अवधिका लागि ७.७५ प्रतिशत, १ वर्ष देखि २ वर्ष अवधिका लागि ८ प्रतिशत र २ वर्ष देखि माथिका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै संस्थागततर्फ ६ महिना देखि ९ महिना अवधिका लागि ६.५० प्रतिशत, ९ महिना देखि १ वर्ष अवधिका लागि ६.७५ प्रतिशत १ वर्ष देखि २ वर्ष अवधिका लागि ७ प्रतिशत, र २ वर्ष देखि माथिको अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर तोकेको फाइनान्सले जानकारी दिएको छ ।