प्रुडेन्सियल क्यापिटलको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यजनेजमेन्ट कम्पनी प्रालिले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक सेयरधनी तथा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले यो सेयर खरिद गर्न पाउनेछन् । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यजनेजमेन्ट कम्पनी प्रालिले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक सेयरधनी तथा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले यो सेयर खरिद गर्न पाउनेछन् ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि न्यूनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धात्मक बोलकबोलमार्फत सात दिनभित्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।

कम्पनीले यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीको भनाइ छ ।

Share News