एनएमबि लघुवित्तले डाक्यो साधारणसभा

<p>काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा डाकेको छ । गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले असार २१ गते पोखराको होटल बाराही पोखरामा साढे ११ बजे सभा डाकेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण [&hellip;]</p>

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा डाकेको छ ।

गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले असार २१ गते पोखराको होटल बाराही पोखरामा साढे ११ बजे सभा डाकेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सञ्चालक समितिमा एक जना संस्थापक र दुई जना सर्वसाधारण, स्वतन्त्र सञ्चालक र एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति गर्नेछ ।

कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ७ देखि २१ गतेसम्म बुक क्लोज गर्नेछ । यससर्थ असार ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

Share News