केएमसीको व्यापार १५ प्रतिशतले बढेर डेढ अर्ब

<p>काठमाडौं । काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को व्यापार १५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा केएमसीले १ अर्ब ४९ करोड रुपैयाँ बराबर व्यापार गरेको हो । केएमसीले २०२२ मा १ अर्ब २८ करोड ८० लाख आम्दानी गरेको थियो । २०२३ को दाँजोमा यो १५ प्रतिशत कम हो । त्यसैगरी [&hellip;]</p>

काठमाडौं । काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को व्यापार १५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा केएमसीले १ अर्ब ४९ करोड रुपैयाँ बराबर व्यापार गरेको हो ।

केएमसीले २०२२ मा १ अर्ब २८ करोड ८० लाख आम्दानी गरेको थियो । २०२३ को दाँजोमा यो १५ प्रतिशत कम हो । त्यसैगरी २०२१ मा १ अर्ब १३ करोड ४० लाख, २०२० मा १ अर्ब ३४ करोड ४० लाख र २०१९ मा १ अर्ब ४५ करोड २० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

केएमसीले पछिल्लो पटक बैंक कर्जा लिन १ अर्ब ६१ करोड ४९ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा १ अर्ब २६ करोड ४९ लाखका लागि ‘इक्राएनपी एलबीबी’ र अल्पकालीन कर्जा ३५ करोडको ‘इक्राएनपी ए४’ रेटिङ पाएको छ।

केएमसी २००९ मा स्थापना भएको थियो । यसले मेडिकल कलेज र शिक्षण अस्पताल चलाइरहेको छ । यसले काठमाडौं विश्वविद्यालय (केएमसी) को सम्बन्धन पाएको छ । सिनामंगलमा ५ सय १६ शैयाको शिक्षण अस्पताल र भक्तपुर दुवाकोटमा ‘डे केयर सेवा’ सञ्चालन गरिरहेको छ ।

केएमसीले आक्रामक विस्तार रणनीतिबाट व्यापार सुधार गरिरहेको देखिए पनि पुँजीगत लगानीको दाँजोमा राजस्व वृद्धि न्यून हुँदा उसका ऋण सेवा सूचक दबाबमा पर्ने इक्राले जनाएको छ ।

Share News