द सेन्चुरियन होटलले पुँजी बढाउन र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्टसँग गर्यो सम्झौता

<p>काठमाडौं । पुँजीवृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता भएको छ । बुधबार द सेन्चुरियन होटल, विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पुँजीवृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको हो । सो सम्झौता सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो । सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन [&hellip;]</p>

काठमाडौं । पुँजीवृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता भएको छ । बुधबार द सेन्चुरियन होटल, विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पुँजीवृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको हो ।

सो सम्झौता सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो । सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

‘विराटनगर धरान रोड स्थित शहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भैसेको छ। भवनमा व्यवसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि हल समेत उपलब्ध हुनेछ । सोहि भवनको चार तल्ला देखि माथि पाँच तारे स्तरको १४६ कोठाको र्याडिसन विराटनगर होटल सञ्चालन हुनेछ’, कम्पनीकाे बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘होटल सञ्चालनको लागि अन्तर्राष्ट्रिय ब्राण्ड र्याडिसन होटल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भैसकेको छ । नेपालका उद्योगपति तथा पूर्व मन्त्री मोतिलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनी अन्तर्गत यो पाँच तारे होटल सञ्चालन हुने छ ।’

होटललाई पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पूँजी आवश्यक पर्छ । सोहि उद्देश्यको लागि कम्पनीको पुँजीवृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको हो । साथै सोहि सिलसिलामा कम्पनीको पुँजीवृद्धि गर्न र सर्वसाधारणलाई सेयर निष्काशनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रकृया पनि अगाडि बढाइसकेको कम्पनीले जनाएको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले अन्तराष्ट्रिय लगानी सम्मेलनमा नेपालमा विभिन्न उद्योग व्यवसायमा ६ अर्ब लगानी भित्र्याउने गरी कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुपसँग सम्झौता गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

Share News