काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पुर्पक्षका लागि कारागार पठाइएका छन् ।
जिल्ला अदालत काठमाडौंले कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।
लामालाई १८ जेठमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले चितवनबाट पक्राउ गरेको थियो ।
लामाले कान्तिपुर सेभिङमा ८५२ जना सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ।