काठमाडौं । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेकाे सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताइन् । उनले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधान सबै पालना गर्नुपर्ने भएकाले यही मितिदेखि काम सुरु हुन्न भनेर तोक्न नसकिने बताइन् । कयौँ मेसिन छपाइ गर्नसक्ने स्थितिमा रहे पनि अन्य कयौँ मेसिन ल्याउनुपर्ने उनको भनाइ छ ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।