काठमाडौं महानगरका ४७३ विद्यालयले बुझाए छात्रवृत्ति विवरण, नबुझाउनेलाई कारबाहीको चेतावनी

<p>काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका  छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कार्यान्वयनका लागि महानगरले छात्रवृत्ति विवरण [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका  छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्था कार्यान्वयनका लागि महानगरले छात्रवृत्ति विवरण पटक–पटक बुझाउन अनुरोध गरेकाे थियाे ।  बुधबारसम्ममा ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएको महानगरले जनाएको छ ।

बिहीबार एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र छात्रवृत्ति विवरण बुझाउन अनुरोध गरेको छ ।

यस अवधिभित्र पनि माग भएको विवरण नबुझाउने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखिकरण गरिने र त्यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न तथा गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकहरूलाई महानगरले सूचित गर्ने सूचनामा उल्लेख छ ।

साथै, रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही हुने पनि महानगरले जनाएको छ ।

Share News