उच्च अदालतका ८० जना न्यायाधीशलाई शपथ ग्रहण

<p>काठमाडौं, ५ माघ । उच्च अदालतमा नियुक्त भएका नवनियुक्त ८० जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा बुधबार आयोजित विशेष समारोहमा उनीहरुलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको सपथ गराएका हुन् । समारोहमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसी, जनकपुरका उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर बस्नेत, पाटन [&hellip;]</p>

काठमाडौं, ५ माघ । उच्च अदालतमा नियुक्त भएका नवनियुक्त ८० जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा बुधबार आयोजित विशेष समारोहमा उनीहरुलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

समारोहमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसी, जनकपुरका उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर बस्नेत, पाटन उच्च अदालका मुख्य न्यायाधीश टङ्कबहादुर मोक्तान, पाटन उच्च अदातलका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी, तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश डम्बरबहादुर शाही र दिपायल उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले आ-आफ्नो क्षेत्रका न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

समारोहमा प्रधानन्यायाधीश सुशीला कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति रहेको थियो । सात उच्च अदालतमा ८० जना न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा सर्वोच्चका प्रधानन्यायाधीश कार्कीले पुस २९ गते नियुक्त गरेका हुन् । परिषद्ले पुस २८ गते नियुक्तिका लागि उनीहरुलाई सिफारिस गरेको थियो । रासस

Share News