सबैको लघुवित्तले दियो दालमोठ, भुजिया र पापड बनाउने तालिम

<p>काठमाडौं । मकवानपुर जिल्लाको मनहरीमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया र पापड बनाउने तालिम दिएको छ । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा जेठ १६ गते मकवानपुर जिल्लाको मनहरी नगरपालिका–७, मनहरीमा &#8216;दालमोठ, भुजिया, पापड बनाउने तालिम&#8217; सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव [&hellip;]</p>

काठमाडौं । मकवानपुर जिल्लाको मनहरीमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया र पापड बनाउने तालिम दिएको छ ।

तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा जेठ १६ गते मकवानपुर जिल्लाको मनहरी नगरपालिका–७, मनहरीमा ‘दालमोठ, भुजिया, पापड बनाउने तालिम’ सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए । यस तालिममा मुख्य प्रशिक्षकमा अनिता कुमारी दनुवार रहेकी थिइन् ।

दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व, फाइदाहरु र बचतका प्रकारहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए । संस्थाले विगत सात वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए ।

तालिमको उद्देश्य, महत्व तथा संस्थाको प्रगति विवरण साथै संस्थाले उपलब्ध गराएको वित्तीय सेवाहरु तथा गैर वित्तीय सेवाहरुको बारेमा संस्थामा नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका थिए । नायब महाप्रवन्धक श्रेष्ठले जुन परियोजनाको लागि कर्जा लिएको हो सोही परियोजनामा लगानी गरेमा मात्र फाइदा लिन सकिने हुँदा कर्जा लिएर सदुपयोग गर्ने भएमा मात्र कर्जा लिन र जुनसुकै परियोजना सञ्चालन गरे पनि व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गरी अगाडि बढ्न सुझाएका थिए ।

संस्थाको मनहरी शाखाका प्रमुख सुरेश खड्काले शाखाको प्रतिवेदन प्रस्तुत गर्दै सहभागीहरुलाई तालिममा सक्रियतापूर्वक सहभागी भई राम्रोसँग सिक्न, तालिमलाई व्यवहारमा उतारेर फाइदा लिन जानकारी गराएका थिए ।

Share News