काठमाडौं । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले बजेट कार्यान्वयनको विकल्प नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योग व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा उनले न्यून बिजकीकरण गर्ने अभ्यास बढेकाले बजेट कार्यान्वयनको विकल्प नभएको बताएका हुन् ।
‘सेटिङमा न्यून बिजरीकरण भइरहेको छ, त्यो प्रवृतिलाई कम गर्न खोजेका छौं,’ उनले भने, ‘कच्चा र तयारी वस्तुको महसुलदरलाई अध्ययन गरेर निर्धारण गरिएको हो ।’
यस्तै उनले स्वदेशी व्यवसायलाई प्रवर्द्धन गर्न खोजिरहेको पनि बताएका छन् । व्यापार सहजीकरण गर्ने, वैधलाई सहजीकरण र अवैधलाई कारबाही गरिरहेको उनको भनाइ छ ।
उनले सुनमा सन्तुलन ल्याउन यस्तो निर्णय गरिएको बताए ।