काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको सहकार्यमा सोमबार पहिलो न्युजलेटर नेप्सुरेन्सको शुभारम्भ भएको छ ।
फेडेरल र निर्माबीच गत माघ ९ गते बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनीतिक समझदारी गरिएको थियो ।
फेडेरल र निर्मा बीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिहरूको शृंखलामार्फत बृद्धि गर्ने लक्ष्य राखेको छ । नेप्सुरेन्स दुई कम्पनीको संयुक्त प्रयासमा पहिलो कदम हो । जसले बीमा व्यवसायी र आम जनतालाई बहुमूल्य अन्तर्दृष्टि, सूचना तथा जानकारी उपलव्ध गराउन मदत गर्दछ ।
नेप्सुरेन्सले विश्वव्यापी र स्थानीय बीमा उद्योगका गतिविधि, विशेषज्ञ अन्तर्दृष्टि, सरोकारवालाको द्धष्टिकोण, बीमा जागरुकता सम्बन्धी लेखहरु र नियामक परिवर्तनहरुमा हुने अद्यावधिकहरु जस्ता विभिन्न क्षेत्रलाई समेटी पाठकहरुलाई ज्ञानवद्र्धक सुचना तथा अभिलेखहरु प्रदान गर्नेछ ।