
काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराईले व्यवसायीको धन शुद्धीकरण हुनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योग व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
महानिर्देशक भट्टराईले भने, ‘सबैको धन, मन शुद्धीकरण गर्नुपर्छ, कारोबारलाई विचार गर्नुपर्छ, कारोबार विधिसम्मत छ कि छैन भन्ने अभिलेख हुनुपर्छ, सम्पत्ति अभिलेख हुनुपर्छ ।’
यस्तै उनले समाजमा शान्ति कायम गर्न पनि सम्पत्तिको अभिलेखलाई चुस्तदुरुस्त राख्नुपर्ने बताए । ‘यो देशको विश्वसनीयताको विषय पनि हो,
अभिलेख भएन भने बैकिङ कारोबार तथा सटहीका विषयमा पनि जटिलता उत्पन्न हुन्छ,’ उनले भने ।
उनले अहिले देश ग्रे जोनमा रहेकाले यसबाट हट्नका र देश जोगाउनका लागि लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्न पनि आग्रह गरे ।