न्युरोड सडक : भत्काउन-टाल्न काठमाडौं महानगर र सडक विभागबीच घम्साघम्सी

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाबाट भत्काइएका न्युरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडकखण्ड सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । सोमबार बिहान सडक डिभिजन कार्यालयले न्युरोडमा भत्काइएको सडक कालोपत्रे गरेको थियो । त्यस क्रममा नगर प्रहरी पुगेपछि विवाद सुरु भएकाे हाे । गत बुधबार सडक विभागअन्तर्गतको सडक सुपरीवेक्षण तथा [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट भत्काइएका न्युरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडकखण्ड सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ ।

सोमबार बिहान सडक डिभिजन कार्यालयले न्युरोडमा भत्काइएको सडक कालोपत्रे गरेको थियो । त्यस क्रममा नगर प्रहरी पुगेपछि विवाद सुरु भएकाे हाे ।

गत बुधबार सडक विभागअन्तर्गतको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले महानगरलाई भत्काइएको सडकखण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अल्टिमेटम दिएको थियो ।

महानगरले सडक बनाउन बेवास्ता गरेपछि सडक डिभिजन कार्यालयले आफैं कालोपत्रे गरेको हो ।

यस्तै महानगरका मेयर बालेन साहले महानगरले न्युरोडमा बनाउन सुरु गरेको फुटपाथमा फेरि सडक कालोपत्रे गर्न थालेको भन्दै सामाजिक सञ्जालमा आपत्ति पनि जनाएका छन् ।

Share News