ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने सरकारकाे आदेशलाई सर्वोच्चद्वारा रोक

<p>काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कृष्ण विक, आकाश कुमार भट्ट, रवीन्द्र पौडेललगायले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो । गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा [&hellip;]</p>

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कृष्ण विक, आकाश कुमार भट्ट, रवीन्द्र पौडेललगायले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा नियम उल्लंघन गर्नेलाई ट्राफिक व्यवस्थापनमा खटाउने सूचना सार्वजनिक गरेका थिए।

Share News