मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको स्काइवाक टावरमा छुट

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौंको स्काइवाक टावरमा छुट हुने भएको छ । बैंकले ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपालसँग काठमाडौंको कमलादीमा रहेको &#8216;स्काइवाक टावर&#8217; को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौंको स्काइवाक टावरमा छुट हुने भएको छ ।

बैंकले ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपालसँग काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङद्धारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ ।

Share News