एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामा पक्राउ

<p>काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ (सिबी लामा) लाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा अध्यक्ष भएर एक अर्ब ५१ करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका उनलाई प्रहरीले शुक्रबार चितवनको भरतपुरबाट पक्राउ गरेको थियो । आइतबार पत्रकार [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ (सिबी लामा) लाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा अध्यक्ष भएर एक अर्ब ५१ करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका उनलाई प्रहरीले शुक्रबार चितवनको भरतपुरबाट पक्राउ गरेको थियो ।

आइतबार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले उनीमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको विरुद्धमा ८५२ जना जाहेरवालाहरूले बचत गरेको रकमको माग दाबीसहित उजुरी गरेकाे बताए ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्धमा सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिटको विरुद्धमा १२ करोडको हाराहारीमा बिगो माग दाबी गर्दै जाहेरी परेको जानकारी दिए ।

४९ वर्षीय तामाङविरूद्ध गत फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

‘२०८० फागुन २० गतेदेखि नै काठमाडौं जिल्ला अदालतले अनुमति दिएपछि फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ,’ उनले भने, ‘कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको विरुद्धमा ८५२ जना जाहेरवालाहरूले बचत गरेको रकमको माग दाबी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रहेको खुल्न आएको छ ।’

लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

Share News