मधेसमा नयाँ सरकारका लागि सात दलको दाबी

<p>काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा प्रस्ताव [&hellip;]</p>

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा प्रस्ताव गरिएको छ ।

नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।

Share News