पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्यासको यथावत

<p>काठमाडौं । सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । अब काठमाडौंमा पेट्रोलको मूल्य [&hellip;]</p>

काठमाडौं । सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । निगमले लागू गरेको नयाँ मूल्य शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेछ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाल यथावत् रहेको जनाएको छ ।

Share News