६० किलो सुन प्रकरणमा लामा पक्राउ, काँग्रेसमा आवद्ध

<p>काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा एक जनालाई पक्राउ गरेको हो । सीआईबीले दोस्रो चरणको अनुसन्धान अघि बढाएर यो प्रकरणमा संलग्न भएको भन्दै थर्कमान लामालाई पक्राउ गरेको हो । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनी नेपाली काँग्रेस पार्टीमा आवद्ध रहेको पनि बुझिएको [&hellip;]</p>

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा एक जनालाई पक्राउ गरेको हो । सीआईबीले दोस्रो चरणको अनुसन्धान अघि बढाएर यो प्रकरणमा संलग्न भएको भन्दै थर्कमान लामालाई पक्राउ गरेको हो ।

तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनी नेपाली काँग्रेस पार्टीमा आवद्ध रहेको पनि बुझिएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले उनको पनि यो प्रकरणमा शंकास्पद संलग्नता रहेको देखाएको थियो ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । यो प्रकरणमा धेरै व्यक्ति पक्राउ परेका थिए ।

Share News