पर्यटन मन्त्रालयको बेरुजु पौने ४१ करोड

<p>काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कुल बेरुजु ४० करोड ७७ लाख रुपैयाँ रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनले पर्यटन मन्त्रालयको बेरुजु ४० करोड ७७ लाख ५७ हजार रुपैयाँ रहेको देखाएको हो । पर्यटन मन्त्रालयको कुल ७ अर्ब ४२ करोड ६ लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कुल बेरुजु ४० करोड ७७ लाख रुपैयाँ रहेको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनले पर्यटन मन्त्रालयको बेरुजु ४० करोड ७७ लाख ५७ हजार रुपैयाँ रहेको देखाएको हो ।

पर्यटन मन्त्रालयको कुल ७ अर्ब ४२ करोड ६ लाख रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ३९ करोड २६ लाख असुल गर्न बाँकी छ ।

त्यस्तै १ करोड ५१ लाख रुपैयाँ नियमित गर्नुपर्ने देखिन्छ भने पर्यटनको पेस्की बाँकी नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटनको कुल बेरुजुको प्रतिशत ०.८८ रहेको छ । लेखापरीक्षण अंकको तुलनामा बेरुजु प्रतिशत ५.४९ हो ।

Share News